काठमाडौं । सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी थालेका छन् ।
सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल थालिसकेको बताएका छन् । राष्ट्रिय सभाको निर्वाचनअघि मन्त्रिपरिषद् पूनर्गठन गर्न नहुने देउवाले सूझाएको बुझिएको छ ।
मन्त्रिपरिषद् पूनर्गठन हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने दाहालको चाहना छ ।
प्रधानमन्त्री दाहालले पछिल्लो समय रास्वपाका सभापति लामिछानेसँग यस विषयमा छलफलसमेत गरेको खुलेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...