बाघको आक्रमणबाट बालकको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बाघको आक्रमणबाट बालकको मृत्यु

बर्दिया । पाटेबाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४, बैरिया गाउँ बस्ने रामशंकर थारुको छोरा अन्दाजी ११ बर्षका सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शनिवार दिउँसो अन्दाजी १२ः३० बजे बबई नदीमा नुहाउन गएका बेला जिरा सामुदायिक वनमा बाघले आक्रमण गरी बालक घाइते भएका थिए । घाइते बालकको उपचारका क्रममा आर.सी. थारु मेमोरियल अस्पताल जयनगरमा मृत्यु भएको हो ।

बालकको शव पोष्टमार्र्टम पछि आफन्तलाई जिम्मा दिने तयारी भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष ७, १५: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष ७, १५: ३२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष ७, १५: ३२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...