काठमाडौँ । जिल्ला प्रहरी कार्यालय डोटीको नवनिर्मित कार्यालय भवनको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उद्घाटन गरेका छन् ।
एक कार्यक्रमकाबीच कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेस भवनहरूको उद्घाटन गरेका हुन् । उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् ।
कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउनेलाई प्रशंसा पत्र प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा देखा पर्ने नवीनतम चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असरका र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी अवस्थामा रहनु पर्ने बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकायसँगको सहकार्यमा जन अपेक्षा अनुरूपको प्रहरी सेवा प्रदान गरी समाजमा अशान्ति र अराजकता फैलाउने तथा अपराधिक
क्रियाकलापमा संलग्न व्यक्ति वा समूह विरुद्ध सशक्त रूपमा प्रस्तुत भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...