ललितपुर । बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी भएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले आगजनी गरेको हुन् ।
बा २ झ ५८६१ नम्बरको गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार थिए ।
मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले आगो लगाएको प्रत्यक्षदर्शीले बताए ।
प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए ।
मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरेका हुन ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...