काठमाडौं । शैक्षिक वातावरण बिगारेको भन्दै नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्राडा शिलु बज्राचार्यलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी बाबुराम भट्टराई निकट, अखिल क्रान्तिकारी, समाजवादी संयुक्त विद्यार्थी संघर्ष समितिले विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई प्रवेश निषेध गर्दै राजीनामा माग गरेका छन् ।
उपकूलपतिको कार्यशैलीका कारण विश्वविद्यालय दिन प्रतिदिन बदनाम हुँदै गइरहेको विद्यार्थी संगठनको आरोप छ । विश्वविद्यालयको प्राज्ञिक मर्यादा विपरीत आर्थिक लेनदेनको आधारमा नियुक्ति,
खरिद बिक्री गरेको, परीक्षा तथा गोप्य काममा आफ्नो परिवारको सदस्य प्रयोग गरेको लगायत विभिन्न आरोप छन् । उनीहरुले विश्वविद्यालयको सार्वजनिक सम्पति गाडी, सेवासुविधा प्रयोग गर्नसमेत निषेध गरेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...