चार करोड लिएर सहकारीका अध्यक्ष फरार – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चार करोड लिएर सहकारीका अध्यक्ष फरार

सर्लाही । बचतकर्ताको चारकरोडबढी रकम लिएर लालबन्दीको एक सहकारीका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएका छन् । लालबन्दी नगरपालिका–७, मा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएका हुन् ।

संस्थाका अध्यक्ष झगरुप्रसाद दास र प्रवन्धक रवीना रायमाझी सोमबारदेखि सम्पर्कविहीन भएको सहकारीका कर्मचारीले बताए । सम्पर्कविहीन भएपछि सहकारीका समस्यामा परेको भन्दै वडा कार्यालय र नगरपालिकामा पुगेका छन् ।

बचतकर्ता रकम माग गर्दै सहकारीमा पुग्न थालेपछि आफुहरु के गर्ने भन्ने कुरामा अन्योलमा परेको कर्मचारी एलिसा कुमारी लायो मगरले बताईन् । १६ गतेदेखि कोही कर्मचारीसँग सम्पर्कमा नहुँदा सहकारीको बचत रकम लिएर भागेको भन्दै बचतकर्ताहरु बचतको रकम लिन आई रहेको उनको भनाई छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष १९, २१: ३०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष १९, २१: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० पुष १९, २१: ३०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...