भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले परीक्षा प्रणालीमा सुधार बारे छलफल थालेको छ ।
बोर्डको सभाकक्षमा आयोजित बिषयगत शिक्षकसँगको अन्तरकृया कार्यक्रममा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सकेसम्म परम्परागत समय तालिका भन्दा छिटो परीक्षा संचालन र नतिजा प्रकाशन गर्न तथा परीक्षा प्रणालीमा सुधार गर्न बोर्ड लागि परेको बताए ।
परीक्षा प्रणालीमा गरिने सुधारले शिक्षण सिकाईमा सुधार ल्याउने बताउँदै शर्माले कमीकमजोरी सुधारेर प्रणालीमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । आगामी दिनमा प्रश्नपत्र निर्माण बारे बिषयगत छलफल गरिने बताए ।
एसईई परीक्षाको भबिष्यबारे संसदमा छलफल भैरहेको र यसले निर्णय गर्ने भए पनि लोकसेवा परीक्षा,८ देखि १२ मा चार बर्ष परीक्षा अन्तर हुन नदिन र अन्तरराष्ट्रिय अभ्यास हेर्दा यो परीक्षाले निरन्तता पाउनुपर्ने बताए ।
सदस्य सचिब दुर्गा प्रसाद अर्यालले परीक्षामा सुधार गर्न सकिए बिद्यार्थीको पठनपाठनमा पनि सुधार हुने बताए । नमुना प्रश्न अनुसार ,भाषागत त्रुटी नहुनेगरी,प्रश्न बनाउने र बिषय बिज्ञ शिक्षकले समन्वय गरी बिद्यार्थीको उमेर ,समय,प्रविधि र ,आलोचनात्मक चेत तथा मनोबृत्तिलाई ध्यान दिएर परीक्षाको गुणस्तरीयकरण हुने गरी प्रश्नपत्र निर्माण गनुपर्ने सुझाव दिए ।
अहिले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० एसईईको प्रश्नपत्र निर्माणको क्रममा रहेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा प्रणालीप्रति प्रश्न उठेको भन्दै परीक्षाले गुणस्तर कायम गर्दै जानुपर्ने र शिक्षण सिकाईमा प्रभावकारी रुपमा सुधार आउनुपर्ने बताए ।
एसईई परीक्षा संचालन नभए कक्षा १२ को नतिजा हालको अबस्थामा थप १० प्रतिशतले खस्कने दाबी गरे । राष्ट्रिय परीक्षा बोर्डले भने ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...