वरिष्ट समाजसेवी कांग्रेसका नेता पूर्व जिल्ला उपसभापति श्रेष्ठको सम्मान पूर्वक अन्त्यष्टि – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

वरिष्ट समाजसेवी कांग्रेसका नेता पूर्व जिल्ला उपसभापति श्रेष्ठको सम्मान पूर्वक अन्त्यष्टि

धनकुटा । नेपाली कांग्रेसका नेता तथा धनकुटाका पूर्व उपसभापति पूर्व महासमिति सदस्य वरिष्ठ समाजसेवी स्वर्गीय घनेन्द्रराज श्रेष्ठको सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।

हृदयघातका कारण निधन भएका नेपाली कांग्रेसका नेता धनकुटा कार्य समितिका पूर्व उपसभापति स्वर्गीय घनेन्द्रराज श्रेष्ठको उनकै निवास धनकुटा सिधुवाबजारबाट शव यात्रा गरी जिल्ला पार्टी कार्यालय परिषरमा श्रद्धाञ्जलीका लागि एक घण्टा राखिएको थियो ।

शव छथरजोरपाटी गाउपालिका वडा नंं ६ मा लगेर अन्त्यष्टि गरिएको हो । श्रेष्ठको पार्थिव शरिरमा कांग्रेस धनकुटा जिल्ला सभापति दिनेश राई, नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई,

पूर्व उपभापति अग्नी पौडेल, प्रदेश माननीय इन्दिरा थापा, प्रदेश कार्य समिति सदस्यहरु नविन किशोर शाक्य, गोविन्द लिम्बु, उपसभापति निर्मल ओझा, सुनिल डंगोल, सचिव विजय सन्तोषी राई, जयन्द्र घिसिग,

सहसचिव रोशन श्रेष्ठ, गिरिजा प्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर, प्रवक्ता खगेन्द्र घिमिरे, पाख्रिवास नगरपालिका मेयर ज्ञान वहादुर गुरुग, महालक्ष्मी नगरपालिका मेयर ध्रव, सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, छथरजोरपाटी गाउपालिका अध्यक्ष छत्र सुब्बा,

क्षेत्रिय सभापति राजन पौडेलले नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा महासमिति सदस्यहरु,नेपाली कांग्रस सुनसरीका जिल्ला सचिव माधव घिसिग, नेपाली कांग्रेस पाख्रिवासका सभापति प्रेम भण्डारी,

सागुरीगढीका सभापति नेपाल धन राई,नेपाल टेड युनियन कांग्रेसका केन्द्रिय सदस्य विगेन्द्र याक्खा,तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली,जिल्ला अध्यक्ष अमित लो तामाग,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र लिम्बु,कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी,वडा सभापति नबिन श्रेष्ठ लगायत वडभापतिहरु,वडाध्यक्षहरु लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु र

कांग्रेसजन र आफन्तजनहरुले समेत नेता स्वर्गीय श्रेष्ठका पार्थिव शरिमा फुलमाला लगाई दिई श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रेष्ठको निधनमा नेपाली कांग्रेस धनकुटाले शोक बनाउने र उनको सपना पुरा गर्न शोकलाई शक्तिमा बदलेर अघि बढी क्रियाशिल हुन नेपाली कांग्रेस धनकुटाका नेताहरूले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २४, ०७: १५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २४, ०७: १५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २४, ०७: १५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...