काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी र गण्डकी प्रदेशको पहाडी भागमा बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
तराईका अधिकांश भागहरूमा भने हुस्सु लागेको छ । आज दिउँसो कोशी र गण्डकीका पहाडी भागमा आंशिक बदली रहने र हिमाली भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भागका अधिकांश स्थानमा हुस्सु लागेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव परेको छ ।
हुन सक्ने असर र चिसोबाट बच्न आवश्यक उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...