मकवानपुर । बागमती प्रदेश सभाले स्थापनाको छ वर्ष पार गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी हेटौंडामा छैटौ वार्षिकोत्सव मनाइएको छ ।
प्रदेशसभाको छैटौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माले राजनीतिक स्थिरता नचाहने शक्तिहरु क्रियाशील रहेको बताए । प्रदेश प्रमुख शर्माले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा कति सार्थक भयो भन्ने विषयमा सबैले एकचोटी समीक्षा गर्नुपर्ने बताए ।
लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कुनै पनि शक्तिले हल्लाउन नसक्ने उनको भनाई थियो । प्रदेश प्रमुख शर्माले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै थप उपलब्धिहरु हासिल गर्न मन, बचन र कर्मले लाग्नुपर्नेमा जोड दिए ।
प्रदेशका अर्थिक मामिलामन्त्री बहादुर सिंह लामा लगायतकाले मन्तव्य राखेका थिए । साे अवसरमा प्रदेश सभाको मोवाइल एप शुभारम्भ गरिनुका साथै प्रदेश सभा दोस्रो कार्यकालको गतिविधि समेटेर तयार पारिएको पुस्तक विमोचन समेत गरिएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...