भक्तपुर । सूर्यविनायक धुलिखेल खण्डमा रहेका अस्थायी सरचनाहरु हटाउन थालिएको छ । सोमबारदेखि अस्थायी संरचनाहरु हटाउन थालिएका हो ।
राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्रअधिकारभित्र बनाइएका अस्थायी संरचनाहरु भत्काउन थालिएको आयोजनाका इन्जिनियर विवेक पाण्डेले बताए । राजमार्ग केन्द्रबाट नाप्दै अनियमित भएकाहरु धमाधम भत्काइने बताउनुभयो । अस्थायी संरचनाहरु भत्काउन डोजरको प्रयोग गरिएको छ ।
नेपाल प्रहरी,ट्रापिक प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरु भत्काइएको हो । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजना चालू छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...