काठमाडौँ । अरुण चौधरीले निजीकरण गरेको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु भएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएका चौधरीबाट सरकारको नाममा फिर्ता ल्याउन नापी कार्यालय डिल्लीबजारले सूचना जारी गर्ने तयारी गरेको छ । उक्त जग्गा बैकमा राखेको फेला परेको छ ।
बैंकमा धितो बन्धकी राखेको भेटिएको उक्त जग्गाबारे सम्भवतः भोली सार्वजनिक सूचना निकाल्ने तयारी छ । २० कार्तिक २०३७ मा मालपोत कार्यालय डिल्लीबजारले कित्ता नम्बर ५० को १८–३–२–० जग्गा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम गरेको थियो ।
सरकारको निर्णय बिना नै बाँसबारी छाला जुत्ता कारखाना सञ्चालक समितिले सो मध्येको १० रोपनी जग्गा चौधरी समूहको नाममा ‘हक हस्तान्तरण’ गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...