काठमाडौं । फ्रान्सेली ठेकेदार कम्पनी आईडीईएमआईएले भदौदेखि राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको ‘फुलसाइज सपोर्ट’ बन्द गर्ने चेतावनी दिएको छ ।
कम्पनीले एक वर्षसम्म आफूले काम गरेको शुल्क नपाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएको हो । सिस्टमको ‘मेन सोर्स कोड’ नभएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ठेकेदारबाट थप सेवा नलिने निर्णय गर्न सकेन ।
प्रणाली सञ्चालन र मर्मतका लागि आफूसँग बलियो प्राविधिक टिम समेत नभएपछि मन्त्रिपरिषद्बाटै ठेकेदारको दाबी भुक्तानी गर्ने निर्णय गरेर तत्कालीन अप्ठेरो फुकाइएको थियो । प्रणालीको निर्माण, सूचीकरण, निर्देशन डिजाइन र लेआउटको कार्यक्रम विश्लेषण रुपरेखालाई ‘सोर्स कोड’ भनिन्छ ।
विभागका प्राविधिकहरुका अनुसार यस्तो सोर्स कोड आफूसँग भइदिएको भए ठेकेदारको त्यतिविधि दबाबमा पर्नुपर्ने थिएन । नेपाली नागरिकको औंठाछापसहित १८ थरिका अति वैयक्तिक विवरण राखिएको संवेदनशील सूचना प्रणालीको सोर्स कोड अझै विभागले पाएको छैन ।
सोर्स कोड प्राप्त गर्न र चुस्त ढंगले चलाउन आफ्नै जनशक्ति विकास गर्न नसक्दा राष्ट्रिय परिचयपत्र विभाग नै आईडीईएमआईएका दर्जनभन्दा बढी इन्जिनियरहरुमा निर्भर छ । ५ वर्षदेखि रहेको यस्तो निर्भरता कहिलेसम्म कायम रहन्छ भन्ने अनिश्चित छ ।
विभिन्न बाहना देखाउँदै कम्पनीले सोर्सकोड दिन मानेको थिएन । सोर्स कोड लिए पनि प्रणालीलाई सञ्चालन गर्न, अद्यावधिक गर्न र आवश्यक मर्मत गर्न सक्ने जनशक्ति नभएको भन्दै विभागले खासै चासो दिएको पनि थिएन ।
तर, प्रणालीकै दुरुपयोग गरेर १ लाखभन्दा बढी नक्कली लाइसेन्स वितरण भएको थाहा पाएर विभागले निकै दबाब दिएपछि ठेकेदार कम्पनीबाट सोर्सकोड प्राप्त गरेको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...