ठोरी नाका छिटै खुल्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ठोरी नाका छिटै खुल्ने

चितवन । ठोरी नाका छिटै खुल्ने भएकाे छ । यसका लागि भरतपुर महानगरपालिकाले पहल सुरु गरेको छ । वसन्तपुर युथ क्लबद्वारा आयोजित ‘माडी क्रिकेट कप २०८०’ को समापन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले नाका खुलाउने बारे जानकारी दिएकी हुन ।

भरतपुर भ्रमणमा आएका पर्यटकहरुलाई माडी पनि घुमाउने योजना रहेको भन्दै उनले माडीको विकासका लागि आफूले सबैसँग हातेमालो गरिरहेको बताइन् । प्रमुख दाहालले पर्यटन र कृषि क्षेत्रमा माडीको राम्रो भविष्य रहेको सुनाइन् । रीउ करिडोरलाई माडीको दीर्घकालीन योजनाको रुपमा अगाडि बढाउन सघाउने उनको प्रतिबद्धता थियो ।

प्रमुख दाहालले निकुञ्जभित्र सडक निर्माण प्रक्रियाका कागजातहरु वन र भौतिक पूर्वाधार हुँदै अर्थ मन्त्रालयमा पुगेको जानकारी पनि दिइन् । निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्यांकन–ईआईए र डीपीआरका लागि आवश्यक कागजात वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन ६, ०९: ५४

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ६, ०९: ५४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ६, ०९: ५४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...