अमेरिकाले नेपाली पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडाइ गर्दै – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

अमेरिकाले नेपाली पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडाइ गर्दै

काठमाडौं ।  अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालबाट पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी गरेको छ। यो व्यवस्था सन् २०२६ अगस्ट १२ देखि २०३१ जनवरी ८ सम्म लागू हुनेछ। म्याद थप नभएमा उक्त अवधिपछि नियम स्वतः समाप्त हुनेछ।

नयाँ व्यवस्थाअनुसार नेपालबाट कानुनी रूपमा निर्यात गरिएको र नेपालको निर्यातसम्बन्धी कानुन उल्लंघन नभएको प्रमाणित गर्ने आधिकारिक प्रमाणपत्रबिना त्यस्ता सामग्री अमेरिकामा आयात गर्न पाइने छैन।

प्रतिबन्धको दायरामा इसापूर्व ३२ हजारदेखि सन् १७७० सम्मका ढुंगा, माटो, धातु, प्लास्टर, चित्रकला, हात्तीको दाँत तथा हड्डी, काँच, छाला, भोजपत्र, काठ, सिपी र मानव अवशेषलगायतका पुरातात्त्विक सामग्री समेटिएका छन्।

त्यस्तै, १३औँ शताब्दीदेखि सन् १९५० सम्मका धार्मिक वास्तुकलासम्बन्धी सामग्री, धार्मिक तथा सांस्कृतिक वस्तु र हस्तलिखित ग्रन्थसमेत प्रतिबन्धको दायरामा राखिएको छ।

यस व्यवस्थाले नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा विदेशमा अवैध रूपमा हुने ओसारपसार रोक्न थप कडाइ गरेको देखिन्छ।

सम्बन्धित समाचार

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
  • २०८३ भाद्र ७, १५: २४

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ । एसियाली बजारमा...

होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने ट्रम्पको दाबी, इरानले भन्यो– ‘भ्रम’
होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने ट्रम्पको दाबी, इरानले भन्यो– ‘भ्रम’
  • २०८३ भाद्र ७, १५: २४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका छन् ।...

वेस्ट बैंकमा १ हजार २३४ नयाँ बस्तीका घर निर्माणको तयारी, पश्चिमा देशद्वारा विरोध
वेस्ट बैंकमा १ हजार २३४ नयाँ बस्तीका घर निर्माणको तयारी, पश्चिमा देशद्वारा विरोध
  • २०८३ भाद्र ७, १५: २४

काठमाडौँ ।  इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण ‘ई–१’ क्षेत्रमा नयाँ बस्ती विस्तारका लागि १ हजार २३४ घर...