दक्षिण कोरियाद्वारा करिब २ करोडको विपद् उद्धार सामग्री सहयोग – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

दक्षिण कोरियाद्वारा करिब २ करोडको विपद् उद्धार सामग्री सहयोग


नयाँ विकल्प,

काठमाडौं – दक्षिण कोरिया सरकारले विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप प्रदान गरेको छ ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासले सोमबार एक कार्यक्रम आयोजना गर्दै एक करोड ८२ लाख रुपैयाँ बराबरको खोज तथा उद्धार कार्यमा प्रयोग हुने विभिन्न १७ प्रकारका सामग्रीहरु गृह मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

ती सामग्रीहरु नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क चोङसुकले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक रुपमा सुन्दर देश नेपालमा बेला बेलामा आइपर्ने प्राकृतिक विपद् न्युनिकरण र व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले गृह मन्त्रालयलाई उक्त सामग्रीहरु प्रदान गरिएको दूतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

कोरियाली सरकारले हिउँ पहिरो, पहिरो तथा भुकम्पको भग्नावशेषमा पुरिएका घाइते मानिसहरुको खोज तथा उद्धारमा प्रयोग हुने राडर (जीपीआर) समेत रहेको छ ।

उक्त राडरले २० मिटरसम्म तल जमिन वा भग्नावशेषमा पुरिएका घाइतेहरुको संकेत पत्ता लगाएर उनीहरुको उद्धार गर्न मद्दत पु¥याउन सक्छ । शबको खोजबीनमा प्रयोग हुने डिस्प्लेसहितको मेटल डिटेक्टर पनि प्रदान गरिएको छ दूतावासले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा राजदूत पार्कले कोरियाली सरकारले नेपाललाई विविध क्षेत्रमा सहयोग गर्दै आएको र यसैको निरन्तरता स्वरुप प्राकृतिक विपद्का बेला गर्नुपर्ने खोज तथा उद्धारमा सहयोग पुगोस भन्ने उद्देश्यले ती सामग्रीहरु हस्तान्तरण गरिएको बताए ।

गृह सचिव न्यौपाले कोरिया नेपालको एक असल मित्र राष्ट्र भएको बताउँदै उद्धार सामग्री सहयोगका निम्ती कोरिया सरकारप्रति आभार प्रकट गरे ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक २५, १८: ४१

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २५, १८: ४१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक २५, १८: ४१

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...