
काबुल–काबुलमा बम बिस्फोटन हुँदा एक पत्रकारको ज्यान गएको केही दिनभित्रै बिहीबार दक्षिणी हेल्मन्ड प्रान्तमा बम बिस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ ।
प्रहरीका अनुसार हेल्मन्डको रेडियो आजादीमा कार्यरत संवाददाता एल्यास डाईको बम बिस्फोटमा मृत्यु भएको हो । अफगानिस्तानका संचारकर्मीहरुले दुबै घटना स्वतन्त्र पत्रकारिताका विरोधी समूहबाट भएको बताएका छन् ।
हेल्मन्डका पत्रकार जावेद तनविरले दुबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु स्वतन्त्र प्रेस विरोधी रहेको बताए ।
नोभेम्बर ७ मा काबुलमा समाचार प्रस्तोता यामा सियावाशको माक्रोरायान–ए–चर इलाकामा बम बिस्फोटमा ज्यान गएको थियो । उक्त बम बिस्फोटमा सियावाश सहित अरु दुई व्यक्ति मारिएका थिए । उनीहरु अफगान केन्द्रीय बैंकको एउटा सवारी साधनमा सवार थिए ।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारको शान्तिवार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटनाहरुमा कमी आएको छैन । (रासस–एएनआई)
काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...