सैनिक हेलिकप्टर दुर्घटनामा इजिप्टमा ७ सैनिकको मृत्यु – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

सैनिक हेलिकप्टर दुर्घटनामा इजिप्टमा ७ सैनिकको मृत्यु

जेरुसलेम–इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ ।

इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन् ।

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ । मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन् ।

केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ ।
एक जना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकप्टर इजिप्टको सीमाभन्दा बाहिर लाल सागरमा दुर्घटना भएको थियो ।

घाइते सैनिकहरुलाई उद्धार गरी इजरायलस्थित शहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ । केन्द्रले हेलिकप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन ।–(रासस–एपी)

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०७७ कार्तिक २८, १३: ०९

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
  • २०७७ कार्तिक २८, १३: ०९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
  • २०७७ कार्तिक २८, १३: ०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...