
कुन्दुज–अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ ।
प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत सात जनको मृत्यु भएको र अरु छ जना घाइते भएका छन् ।
अफगान रक्षा मन्त्रालयले कुन्दुजको बाहिरी इलाका टालोखा क्षेत्रमा उक्त घटना भएको जनाएको छ ।
हालैमात्र, अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबान र अफगान सुरक्षा फौजबीच इमाम शाहिब, दस्त–ए–आर्ची समेतका क्षेत्रमा भिडन्तहरु भएका छन् ।
पछिल्लो मोर्टार आक्रमणका बारेमा तालिबान समूहले केही प्रतिक्रिया दिएको छैन ।
कतारको दोहामा तालिबान समूह र अफगान प्रतिनिधिबीच वार्ता जारी रहे पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएको छैन । (रासस–एएनआई)
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...