
जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ ।
योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ ।
त्यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि ९० जनाकोे ज्यान गएको बताएका छन् ।
जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ । जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि त्यहाँ नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ ।
तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...
रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...