
मेक्सिको सिटी–बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।
प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बस्नु भएको छ, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नु हुनेछ । त्यसपछि उनले पुनः परीक्षण गर्नु हुने कार्यालयले जनाएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ । (रासस–सिन्ह्वा)
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...
रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...