तेलको विषयलाई लिएर मन्त्री स्तरीय बैठक बस्दै – Naya Bikalpa
November 7, 2026, Saturday      Epaper

तेलको विषयलाई लिएर मन्त्री स्तरीय बैठक बस्दै

लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल उत्पादक मुलुकहरुबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले बताएका छन् ।

संयुक्तराज्य अमेरिकापछि विश्वमा सर्वाधिक तेल उत्पादक राष्ट्रहरु रसिया र साउदी अरेबियाबीच विगतमा पनि उत्पादनको विषयलाई लिएर विवाद हुने गरेको छ । तर कोरोनाभाइरसका कारण कच्चा तेलको मूल्यमा गिरावट आएसँगै प्रमुख तेल उत्पादक राष्ट्रहरुले उत्पादनमा व्यापक कटौती गरेर बजार मूल्यलाई स्थिर राखेका थिए ।

अहिले विश्व बजारमा तेलको मूल्य कोरोनाभाइरस संक्रमण देखिनुअघिकै अवस्थामा आइपुगेको छ । अर्थात् बजारमा अहिले कच्चा तेलको मूल्य प्रति ब्यारेल ६५ डलरको हाराहारीमा पुगेको छ ।

त्यसैले आगामी साता दुई प्रमुख तेल उत्पादक राष्ट्रहरु र अरु साझेदार मुलुकहरुले आगामी कदमका बारेमा छलफल गर्न लागेका हुन् । उनीहरुबीच विश्व बजारमा कति कच्चा तेल पठाउने भन्ने विषय नै वार्ताको प्रमुख विषय बन्न लागेको छ ।

आउँदो बिहीबार आयोजना हुने उक्त मन्त्री स्तरीय बैठकमा तेल उत्पादनको कोटाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

“वार्तामा प्राथमिकताका विषयहरु स्पष्टै छन्ः रसियाले जतिसक्दो चाँडो तेल उत्पादनलाई विगतकै स्वरुपमा उत्पादन गर्न चाहन्छ भने साउदी अरेबियाले उच्च मूल्यमै केही समय तेल बेच्ने चाहना राखिरहेको छ,” सेब संस्थाका प्रमुख विशेषज्ञ बार्ने सिल्ड्रपले अन्तर्राष्ट्रिय समाचालाई जानकारी दिए ।

कच्चा तेलको मूल्यको विश्व बजारमा माग बढी रहेको अवस्थामा ओपेकले आफ्नो उत्पादन कटौतीले “कृत्रिम अभाव” सिर्जना गर्न सघाउने र त्यसबाट मूल्यवृद्धि यथावत् राख्न मद्दत गर्ने, स्टिफेन इन्सले बताएका छन् ।

गत जनवरीमा आयोजित दुई दिनको मध्यस्थतापछि ओपेकका २३ सदस्य विश्व बजारमा तेलको आपूर्तिलाई केही सहज तुल्याउन सहमत भएका थिए ।

खोप अभियानको निरन्तरता र विश्वकै सर्वाधिक ठूलो तेल आयातकर्ता चीनमा माग बढेसँगै तेलको मूल्य पूर्व संक्रमण अवस्थामा पुगिसकेको छ ।

ओपेकमा निकै प्रभाव सिर्जना गर्ने साउदी अरेबियाले हालैका दिनमा उत्पादनमा थप कटौती गर्ने मनशाय व्यक्त गरेको छ । रियादले हालैमात्र प्रतिदिन १० लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ जबकी रसिया र कजाखस्तानले कच्चा तेलको उत्पादन केही बढाएका छन् ।

ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनको कोटालाई लिएर विगतदेखि नै विवाद हुने गरेको छ । यसपटक पनि यस मुद्दाले प्रमुखता पाउने विज्ञहरुले अनुमान गरेका छन् ।

इरान, भेनेजुएला र लिबियालाई ओपेकको कोटाबाट अलग्ग राखिएको छ । इराक र नाइजेरिया समेतका अन्य कतिपय मुलुकले भने तोकिएको कोटाभन्दा बढी तेल उत्पादन गरिरहेका छन् ।

ओपेकका सदस्य राष्ट्रहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लागेका प्रतिबन्धहरु हटाउने सम्भावनाका बारेमा पनि विचारविमर्श गरिरहेका छन् । यदि इरानमाथिको प्रतिबन्ध हटेमा इरान विश्व बजारमा पुनः प्रवेश गर्ने र आपूर्तिमा नाटकीय रुपमा वृद्धि हुनेछ ।

बुधबार, नयाँ कोटा निर्धारण गर्नुअघि बस्ने मन्त्रीस्तरीय बैठकले बजारको बर्तमान अवस्थाको मूल्याँकन गर्ने अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ ।–(रासस–एएफपी)

सम्बन्धित समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
  • २०७७ फाल्गुन १८, १४: ४३

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
  • २०७७ फाल्गुन १८, १४: ४३

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै
  • २०७७ फाल्गुन १८, १४: ४३

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...