
नयाँ विकल्प
काठमाडौं- ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो।
अर्जन्टिनाका एन्जल डि मारियाले खेलको २२औं मिनेटमा गोल गरेका थिए। उक्त गोल नै अर्जन्टिनालाई उपाधि जित्ने निर्णायक गोल बन्न पुग्यो।
अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन भएको थियो। सोही क्रममा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित हुनु परेको थियो।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्।...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...