पुल भत्किदा ३५ को ज्यान गयो – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

पुल भत्किदा ३५ को ज्यान गयो

इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको एक पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । आँधीबेहरी आएको बेला पुल भत्के पछि तीसवटा भन्दा बढी गाडीहरु पुलसंगै भुईंमा बज्रेका थिए ।

प्रत्यक्षदर्शीहरुले कैयौं मानिसहरु मोटरभित्रै चेपिइरहेको हुनसक्ने जनाएका छन् । द्धारकर्ताहरुले मोटर तथा भग्नावशेषभित्र चेपिइरहेको हुनसक्ने ठानिएका मानिसहरुको खोजी गरिरहेका छन्। कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ ।

स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको समाचारहरुमा जनाइएको छ । सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो । एकजना प्रत्यक्षदर्शीले चट्याङ्ग परेका कारण पुल भत्किएको बताए । प्रत्यक्षदर्शीहरुले खिचेको भिडिओमा भारी वर्षातका बेला पुललाई अड्याइ राखेको एउटा टावर भत्किएको देख्न सकिन्छ ।

मोटरहरु र अरु भग्नावशेष झण्डै ९० मिटर तल रेलवे ट्याक, भवन र नदीमा खसेका थिए। इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन् । यातायात मन्त्री डानिलो तोनिनेलीले सो दुर्घटना एउटा ’भयानक त्रासदी’ भएको बताए । फ्रान्सले कुनै पनि खाले सहयोग गर्न आफु तत्पर रहेको जनाएको छ ।

सम्बन्धित समाचार

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०७५ भाद्र ४, ०८: ४१

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७५ भाद्र ४, ०८: ४१

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७५ भाद्र ४, ०८: ४१

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...