
नयाँ विकल्प,
काठमाडौं – बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने अफगानिस्तानको तालिबान सरकारले जनाएको छ ।
तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नका लागि प्रयोग गरिने बताएका छन् ।
तालिबानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेश मन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेट वार्तापछि यस्तो घोषणा गरिएको हो ।
दुवै पक्षले अफगानिस्तानको राजनीतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताएका हुन् ।
वाङ यीसँग हिजो सोमवार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठूलो महत्त्व दिएको बताएका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...