अमेरिकामा जथाभाबी औषधि खाँदा एकै सालमा एक लाख बढीको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अमेरिकामा जथाभाबी औषधि खाँदा एकै सालमा एक लाख बढीको मृत्यु


नयाँ विकल्प,
एजेन्सी – अमेरिकामा जथाभाबी औषधि खाँदा एक वर्षमा एक लाखभन्दा धेरैको मृत्यु भएको छ ।अमेरिकामा प्रतिबन्धित औषधि फेन्टानाइल र नक्कली चक्की खाएकै कारण उनीहरुको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानव स्वास्थलाई जोखिममा पारिरहेको स्वास्थ्यका विज्ञको भनाइ छ ।

अमेरिकामा सन् २०२० अप्रिलदेखि सन् २०२१ अप्रिलसम्मको एक वर्षको अवधिमा एक लाख तीन सय ६ जनाको औषधिको बढी प्रयोग अर्थात ओभर डोजका कारण मृतयु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग जुध्दै गर्दा औषधिको ओभर डोज विरुद्धका कदम चाल्न पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर ३, २२: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर ३, २२: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर ३, २२: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...