
नयाँ विकल्प,
काठमाडौं – अस्ट्रेलियाले बुधवार अर्थात भोलिदेखि विदेशी विद्यार्थी र अस्थायी बसोबासका लागि भिसा पाएका विदेशी नागरिकका लागि सीमा खुला गर्ने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले डिसेम्बर १५ तारिख अर्थात् भोलिदेखि सीमा खुला गर्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।
यसअघि अस्ट्रेलियाले विद्यार्थी र अस्थायी बसोबास भिसा रहेका विदेशी नागरिकहरूलाई डिसेम्बर १ अर्थात् दुई हप्ताअघि नै सीमा खोल्ने निर्णय गरेको भए पनि ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि भोलिसम्मका लागि बन्द गरेको थियो ।
भोलिदेखि विदेशी विद्यार्थीका साथै अस्थायी बसोवास भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरुका अभिभावक र दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।
अस्ट्रेलियाको केन्द्रीय सरकारले झन्डै २० महिनादेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । न्यु साउथ वेल्स, भिक्टोरिया र राजधानी रहेको क्यापिटल क्षेत्रमा तीन दिन तथा अरू राज्यमा १४ दिन क्वरेण्टीन अनिवार्य छ ।
पूर्ण मात्रा खोप र तीन दिनभित्रको कोरोना नेगेटिभ रिपोर्ट सबै राज्यमा अनिवार्य रहेको बीबीसीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...