
नयाँ विकल्प,
काठमाडौं – बङ्गलादेशमा फेरीमा आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ ।
झालकोटी जिल्लामा पर्ने सुगन्धा नदीमाथि आगलागी भएको हो ।
स्थानीय अधिकारीका अनुसार पुन इन्जिनबाट आगो लागेको हो ।
आगलागीमा परेर केही घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने फसेकाहरुको उद्धार भइरहेको छ ।
फेरीमा कसरी आगो लाग्यो भन्ने बारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन ।
ज्यान जोगाउन केही यात्रु फेरीबाट नदीमा हाम फालेका थिए भने फेरीमा क्षमता भन्दा धेरै यात्रु रहेको आशङ्का गरिएको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...