
नयाँ विकल्प,
काठमाडौं – फ्रान्समा करिब छ लाख ५० हजार पक्षीहरू मारिएको छ । वर्डफ्लु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पक्षीहरु मार्न लगाएको हो ।
पक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मारिएको सरकारी अधिकारीहरुले बताएका छन् । फ्रान्समा सन् २०१५ देखि वर्डफ्ल्यूको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ ।
महामारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पंक्षी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ । फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरुमा पनि अहिले वर्डफ्ल्युको महामारी आउने खतरा देखिएको छ ।
कोरोनाभाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला वर्ड फ्ल्यु भाइरसको महामारीले पिडा थपेको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...