फ्रान्समा ८ सय ७२ वटा कार जलाइयो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

फ्रान्समा ८ सय ७२ वटा कार जलाइयो

नयाँ विकल्प,

काठमाडौं – फ्रान्समा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा कारहरु जलाइएको घटना सार्वजनिक भएको छ । यस वर्ष ८ सय ७४ वटा कार जलाइएको प्रहरी विभागले जानकारी दिएको छ ।

फ्रान्सको गृह मन्त्रालयले यो सङ्ख्या सन् २०१९ को तुलनामा निकै कम रहेको बताएको छ । सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएको थियो ।

सङ्ख्या घट्नुमा प्रहरीको बाक्लो उपस्थितिलाई कारण मानिएको छ । सन् २०२० मा देशव्यापी लकडाउनका कारण कतै कार जलाइएको खबर सार्वजनिक भएको थिएन ।

यस पटक नयाँ वर्षको अवसरमा ९५ हजार सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३२ हजार दमकलका चालक र सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १८, २१: ५९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १८, २१: ५९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष १८, २१: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...