रेडक्रसबाट ५ लाख १५ हजार जनाको विवरण चोरी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रेडक्रसबाट ५ लाख १५ हजार जनाको विवरण चोरी

नयाँ विकल्प,

काठमाडौं – जेनेभा (स्वीट्जरल्यान्ड)मानव सहायतावादी संस्था अन्तर्राष्ट्रिय रेड क्रसबाट ५ लाखभन्दा बढी व्यक्तिको व्यक्तिगत विवरण चोरी भएको छ। उच्च जोखिमका व्यक्तिहरुको विवरण चोरी भएको रेडक्रसले जनाएको छ । डाटा कसले चोरी गर्‍यो भन्ने हालसम्म प्रष्ट छैन। यद्यपि रेडक्रसले भने विवरण जसले चोरी गरेपनि कतै पनि लिक वा सेयर नगर्न आग्रह गरेको छ।रेडक्रसका महानिर्देशक रोबर्ट मार्दिनीले जोखिमपूर्ण अवस्थाका मानिसको विवरण चोरी गरेर झनै जोखिममा पारेको बताएका छन्। करिब ५ लाख १५ हजार जनाको विवरण चोरी भएको बताइएको छ। उनीहरू सबै युद्धको जोखिममा परेका व्यक्तिहरु हुन्। विभिन्न ६० देशका रेडक्रस र रेड क्रेसन्ट इन्टरनेसनलले संकलन गरेका विवरण अन्तर्राष्ट्रिय रेडक्रसबाट चोरी भएका हुन्।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ माघ ६, २१: ३०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ ६, २१: ३०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ ६, २१: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...