
नयाँ विकल्प,
भारत – भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ । नयाँ दिल्लीको राजपथमा आयोजना गरिएको ७३ औं गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरेका थिए ।
भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार गणतन्त्र दिवस मनाएको हो । यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपको सलामी पनि दिइएको थियो । कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाको समूहमा मात्र उपस्थित गराइएको थियो ।
अधिकारीहरुका अनुसार दिल्लीमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी र अर्ध सैनिकका विशाल सेनाको रूपमा पर्याप्त सुरक्षाकर्मीलाई तैनाथ गरिएको थियो । नयाँ दिल्लीबाहेक देशका विभिन्न भाग र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रमबीच गणतन्त्र दिवस मनाइएको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...