
नयाँ विकल्प,
काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू सत्तामा फिर्ता भए संसद् भवन हमलामा समावेश आफ्ना समर्थकलाई माफी गरिदिने बताएका छन् । अघिल्लो वर्ष अमेरिकाको संसद् भवनमा ट्रम्प समर्थकले हमला गरेका थिए र यो हिंस्रक झडपमा पाँचजनाको मृत्यु भएको थियो । ६ जनवरी सन् २०२१ मा ट्रम्प समर्थकले संसद् भवनमा घुसेर हिंसा र तोडफोड गरेका थिए जसमा सयभन्दा बढी प्रहरी अधिकारी घाइते भएका थिए । उक्त हिंस्रक भीडले अमेरिकी चुनावमा धाँधली भएको दाबी गरेका थिए । संसद् भवन हिंसाको मामिलामा सात सयभन्दा बढी जनालाई पक्रउ गरियो । यीमध्ये १५० व्यक्तिमाथि प्रहरी अधिकारीमाथि हमला गर्ने आरोप छ र ५० भन्दा बढी व्यक्तिमाथि षड्यन्त्र रचेको आरोप लगाइएको छ ।
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...
काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकासहित मुलुकरभर खाना पकाउने...
काठमाडौं | महानगर प्रहरी बलले बजारमा उपलब्ध एलपी ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न अनुगमन तथा सहजीकरण अभियान सुरु...