दक्षिण कोरियामा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिए – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिए


नयाँ विकल्प,

काठमाडौं – दक्षिण कोरियामा कोरोना संक्रमण दर हुवात्तै बढेको छ । बुधबार २० हजार २७० जना नयाँ पत्ता लागेको हो । दक्षिण कोरिया ओमिक्रोन भेरिएन्ट फैलिएको छ । यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो ।
दक्षिण कोरियामा अहिलेसम्म सङ्क्रमितहरुको कुल सङ्ख्या आठ लाख ८४ हजार ३१० पुगेको छ । नयाँ सङ्क्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ । कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ हजार ७८७ पुगेको छ । सिन्ह्वा

सम्बन्धित समाचार

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
  • २०७८ माघ १९, २१: २६

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
  • २०७८ माघ १९, २१: २६

काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकासहित मुलुकरभर खाना पकाउने...

ग्यास वितरण सहज बनाउन काठमाडौं महानगर प्रहरी सक्रिय, डिपोमा अनुगमन र सहजीकरण सुरु
ग्यास वितरण सहज बनाउन काठमाडौं महानगर प्रहरी सक्रिय, डिपोमा अनुगमन र सहजीकरण सुरु
  • २०७८ माघ १९, २१: २६

काठमाडौं | महानगर प्रहरी बलले बजारमा उपलब्ध एलपी ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न अनुगमन तथा सहजीकरण अभियान सुरु...