नायिका रीमा विश्वकर्माले २०७२ साल असोज १० गते काठमाडौंको सबैभन्दा महंगो पाँच तारे होटल हायतमा भेरी जोन नामक एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत रोबर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् ।
रोबर्ट यूकेमा बसोबास गर्ने भएका कारण रीमा पनि विवाह पश्चात प्रायः श्रीमानलाई भेट गर्न पुगिरहेकी हुन्थिन् । केही वर्षको सुमधुर सम्बन्धपछि हाल यो जोडीको डिभोर्स भएको छ । तर, यस विषयमा रीमाले कुनै पनि औपचारिक जानकारी दिएकी छैनन् । उता रीमासँग डिभोर्स गरेपछि मोरङकी वर्षा रसाइलीसँग रोबर्टले इन्गेजमेन्ट गरेका जुन तस्बीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बैबाहिक जीवनमा बाँधिएपछि फेसबुक र इन्स्टाग्राममा रीमाले श्रीमानसँगका तस्बीर दैनिकजसो नै अपलोड गर्ने गर्थिन् तर पछिल्लो केही महिनायता उनको फेसबुक होस् वा इन्स्टा कहिं पनि रोबर्टसँगका तस्बीर भेटिन्नन् । बरु उनले विवाहका तश्वीरहरु समेत फेसबुक र इन्स्टाग्रामबाट डिलिट गरिसकेकी छिन् । रीमा म्यूजिक भिडियोसँगै एपीवानले सञ्चालन गरेको ‘नेपाल आइडल’मा व्यस्त भएपछि उनको श्रीमानसँग सम्बन्ध चिसिँदै गएको बताइन्छ । यी दुईले आपसी सहमतीमै केही हप्ता अगाडि डिभोर्स गरेका बताइन्छ ।
रोबर्टले रीमासँग डिभोर्स गरे लगत्तै बर्षासँग इन्गेज्मेन्ट गरेका छन् । बर्षा र रोबर्टको विवाहको मिति भने बाहिर आएको छैन । बर्षासँग टिकाटालो लगत्तै रोबर्ट यूके उडिसकेका छन् । विवाहको केही दिनपछि रीमा र रोबर्टले हनिमुनको खर्च (१ लाख) चलचित्रकर्मी कल्याण कोषमा जम्मा गरेका थिए । रोबर्टले विवाहको समयमा आफू रीमाको अभिनयको फ्यान बताउँदै उनको अभिनय यात्रामा सधै साथ दिने बताएका थिए । त् हाल आएर यी दुईले आफ्नो वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाएका छन् ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...