नाकाबन्दीका कारण गाजा क्षेत्रको जनजीवन चरम संकटमा, खाना र पानीको अभाव – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

नाकाबन्दीका कारण गाजा क्षेत्रको जनजीवन चरम संकटमा, खाना र पानीको अभाव

एजेन्सी । इजरायली सेनाको आक्रमण र नाकाबन्दीका कारण गाजा क्षेत्रको जनजीवन चरम संकटमा परेको छ । मानवीय संकट गहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । खाना र पानीको अभाव, भोकमरीको चरम अवस्था आउन लागेको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

गाजा क्षेत्रमा बिजुली लगायत इन्धनको अभाव चुलिएको छ । गर्भवती महिलाहरु अत्यावश्यक औषधी लिनबाट बञ्चित भएको संचारमाध्यमले जनाएका छन् । इजरायलले भने सबै बन्दी मुक्त नगरेसमम्म नाकाबन्दी जारी राख्ने बताएको छ ।

करिव १ सय ५० जनालाई हमास लडाकुले बन्दी बनाएको अधिकारीहरुले जनाएका छन् । हमलामा हमासतर्फ १५ सय भन्दा बढीको मृत्यु भएको छ । तीमध्ये ५ सय बालबालिका मात्र छन् ।

यस्तै हमास लडाकुहरुको आक्रमणमा परी इजरायलतर्फ १३ सय जनाको मृत्यु भएको छ । इजरायलले हवाइ आक्रमण तीव्र बनाएसँगै गाजा क्षेत्रमा करिव ३ लाख ३८ हजार जना विस्थापित भैसकेको संचारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० आश्विन २६, ०८: ५२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० आश्विन २६, ०८: ५२

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...

कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
  • २०८० आश्विन २६, ०८: ५२

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानको समीक्षा बैठक सम्पन्न गरेको...