इजरायली सेनाकाे आक्रमणमा परी रोयटर्सका पत्रकारको मृत्यु – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

इजरायली सेनाकाे आक्रमणमा परी रोयटर्सका पत्रकारको मृत्यु

काठमाडौं । इजरायली सेनाले प्रहार गरेको क्षेप्यास्त्र आक्रमणमा परी दक्षिणी लेबनानमा रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको छ । अन्य ६ जना पत्रकार घाइते भएका छन् ।

अल जजीरा र एजेन्सी फ्रान्स–प्रेस सहित, इजरायली सीमाको नजिक अल्मा अलशाब नजिक काम गरिरहेको समयमा इजरायली सेना र लेबनानी मिलिशिया हिजबुल्लाहबीच झडपमा परेको रोयटर्सले जनाएको छ।

लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहका एक सांसदले घटनाको दोष इजरायललाई लगाएका छन् । रोयटर्सका पत्रकार मारिएकोमा इजराली सेनाले माफी मागेको छ । इजरायलको लागि संयुक्त राष्ट्रसंघीय राजदूत गिलाड एर्डनले एक ब्रीफिङमा पत्रकारलाई आक्रमण गर्ने र गोली हान्‍ने गतिविधिको विरोध गर्दछौं ।

रोयटर्सले एक विज्ञप्तिमार्फत इसाम अब्दल्लाह कार्यालयमा लाइभ भिडियो सिग्नल उपलब्ध गराउने क्रममा मारिएका जनाएको छ। रोयटर्सका अन्य दुई पत्रकार घटनामा घाइते भएका छन् ।

एसोसिएटेड प्रेस र अल जजीरा लगायत अन्य समाचार आउटलेटहरूले इजरायली सेनाको मिसाइलबाट पत्रकार मारिएको र घाइते भएको जनाएका छन्।

सम्बन्धित समाचार

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८० आश्विन २७, १९: ४३

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...

बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प
बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प
  • २०८० आश्विन २७, १९: ४३

ललितपुर : बागमती प्रदेशमा विकसित राजनीतिक अन्योल समाधान गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलहरूलाई स्पष्ट दुई विकल्प अघि सारेका छन्। सोमबार...

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०८० आश्विन २७, १९: ४३

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...