एजेन्सी । गत शनिबारदेखि सुरु भएको इजरायल–हमास युद्धमा ज्यान गुमाउने पत्रकारको संख्या ११ पुगेको छ । ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ ।
हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन्। मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको पनि मृत्यु भएको छ ।
इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो । अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ ।
इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् । हमासको आक्रमणमा १ हजार ३ सयभन्दा बढी इजरायली मारिएका छन् भने इजरायली हवाई र बम आक्रमणमा २ हजार २ सयभन्दा प्यालेस्टिनी मारिएका छन् । सो आक्रमणमा १० नेपालीको समेत ज्यान गएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...
जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानको समीक्षा बैठक सम्पन्न गरेको...