काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाइएका मानिसलाई छाेड्न सुरु गरेको छ । अक्टोबर ७ मा भएको आक्रमणमा बन्धक बनाइएका दुई अमेरिकी महिलालाई रिहा गरेको हो ।
आक्रमणपछि बन्धकको यो पहिलो रिहाइ हो । मानवीय कारण आमा र छोरीलाई रिहा गरिएको हमासले जनाएको छ । बन्धकहरूको रिहाइका लागि कतारले मध्यस्थता गरेको थियो ।
रिहा हुँदै गरेका बेला जुडिथ र नताली रानानको तस्बिर पनि सार्वजनिक गरेकाे छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनीहरुको रिहाइमा खुसी व्यक्त गरेका छन् ।
अपहरणमा परेका अन्य १० जना अमेरिकी नागरिकको रिहाइका लागि पनि २४सै घण्टा काम गरिरहेको उल्लेख गरेका छन् । इजरायलमा बेपत्ता पारिएका नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा भएको आशंका गरिएको छ ।
तर आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । खोजी जारी रहेको जनाएको छ । हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको ज्यान गयो छ ।
त्यसयता सरकारले दुई चरणमा गरी २७२ नेपालीलाई इजरायलबाट उद्धार गरीसकेकाे छ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...