काठमाडौं । अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा मड्रिडको सडकमा दशौं हजार स्पेनीले प्रदर्शन गरेका छन् ।
स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजलाई गद्दारको संज्ञा दिंदै जेल हाल्न माग गरेका छन् । समाजवादी नेता सान्चेज यसै साता स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका हुन् ।
प्रहरीका अनुसार स्पेनको राजधानीको मध्यभागमा रहेको र सामान्यतया रियल मड्रिडका समर्थकले विजयको उत्सव मनाउने प्लाजा सिबेल्समा करिब एक लाख ७० हजार मानिस भेला भएका थिए ।
मड्रिडबाट अवकाश प्राप्त ६५ वर्षीया प्रदर्शनकारी मारिया एन्जेल्स गालानले भनिन् ।
२०१८ देखि सत्तामा रहेका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज जुलाईमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी नेता अल्बर्टो नुनेज फेइजुपछि दोस्रो स्थानमा आएका थिए ।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...