एजेन्सी । विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
विद्यालयमा आक्रमण गरेर महिला र बालबालिकासहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ । विद्यालयमा संयुक्त राष्ट्रसंघको झण्डा फहराइएको भए पनि इजरायली सेनाले आक्रमण गरेको छ ।
हमास–इजरायल द्वन्द्व सुरु भएदेखि ७० भन्दा बढी विद्यालयहरू इजरायली आक्रमणमा परेका छन्। १०४ कर्मचारीको मृत्यु भएको छ । द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...