एजेन्सी । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन बेहुलीसहित अरू तीन जनाको गोली हानी हत्या गरेका छन् । त्यसपछि बेहुलाले आत्महत्या गरेको प्रहरीले बताएको छ ।
भूतपूर्व सैनिक भएका बेहुला २९ वर्षीय चतुलोङ सुक्सुक र ४४ वर्षीया कान्चना पाथुन्टुकको विवाह पूर्वोत्तर थाईल्यान्डमा भएको थियो ।
बेहुला चतुरङ सुक्सुक बिहे भोजबाट अकस्मात् बाहिर गए । फर्केर आउँदा उनले एउटा बन्दुक ल्याए । त्यही बन्दुक चलाएर उनले आफ्नी नवविवाहित पत्नी, उनकी ६२ वर्षे आमा र ३८ वर्षे बहिनीको ज्यान लिएको प्रहरीले बताएको छ ।
उपस्थित अरू दुई जनालाई पनि गोली लागेको थियो । उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। उपचारका क्रममा तीमध्ये एक जनाको मृत्यु भयो।
चतुरङले गत वर्ष इन्डोनेशियामा भएको आसियान प्यारा गेम्समा पौडी प्रतियोगितामा रजत पदक जितेका थिए । थाईल्यान्डमा आगामी महिना हुने वर्ल्ड अबिलिटीस्पोर्ट गेम्समा उनी पनि सहभागी हुने भएका थिए ।
काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...