काठमाडौं । भारत विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले तीन प्रदेशमा जितेको छ ।
मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो । मध्य प्रदेशमा कुल २ सय ३० सिटमध्ये भाजपाले १ सय ६३ सिट जितेको छ । कंग्रेस आईले भने ६५ सिट मात्र जितेको छ ।
राजस्थानमा कुल १ सय ९९ सिटमध्ये भाजपाले १ सय १५ र कंग्रेस(आईले ६९ सिट जितेको छ । छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस आईले ३२ सिट जितेको छ ।
यो मत परिणामले कँग्रेस आईलाई भने नराम्रो धक्का लागेको छ । सन् २०१८ मा भएको निर्वाचनमा यी तीन वटै क्षेत्रमा कँग्रेस आइले जित हासिल गरेको थियो । तेलंगना राज्यमा भने कंग्रेस आईले जित हासिल गरेको छ ।
तेलंगनामा कुल १ सय १९ सिटमध्ये कंग्रेस(आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ । भारतमा आगामी वर्ष लोकसभा निर्वाचन हुँदैछ ।
विधानसभा निर्वाचनको परिणामले सत्तारुढ दल बिजेपीको लोकसभामा बलियो पकड देखाएको छ । साथै सन् २०२४ को निर्वाचनमा बिजेपीले बहुमत सहित तेस्रोपटक सरकार बनाउने सम्भावना बलियो रहेको विश्लेषकहरुले बताएका छन् ।
काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...