काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा विद्युत खरिदसहित महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत खरिदबिक्री सम्झौतामा हस्ताक्षर हुने भएको हो ।
भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण करिब तय भएको र उनी आउँदा महत्वपूर्ण सम्झौतामा हस्ताक्षरका लागि तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
गत १७ देखि २० जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति समेत भएको थियो ।
काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...