काठमाडौं । चीनमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परेर कम्तीमा १ सय ११ जनाको मृत्यु, अन्य २२० जना मानिस धाइते भएको सञ्चार माध्यमले जनाएका छन् ।
सनेमबार गान्सु प्रान्तमा मध्यरात भूकम्प गएको हो । छिङहाइ प्रान्तमा भूकम्पले गर्दा भवनमा क्षति पुगेको छ । युएसजीएसले भूकम्प ५ ९ म्याग्निट्युडको रहेको जनाएको छ।
केही घण्टापछि सिन्जियाङ प्रान्तमा पनि ५।५ म्याग्निट्युडको भूकम्प गएको बताइएको छ । तर त्यसले पुर्याएको क्षतिबारे प्रस्ट जानकारी प्राप्त भएको छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन् । आपत्कालीन उद्धारकर्ताले चिसो मौसमको सामना गर्दै चीनको गरिब इलाकाहरू मध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छन् ।
तापक्रम माइनस १३ डिग्री सेल्सियस भन्दा कम रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...