शक्तिशाली भूकम्प र आँधीका कारण जापानमा १३ जनाको मृत्यु – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

शक्तिशाली भूकम्प र आँधीका कारण जापानमा १३ जनाको मृत्यु

काठमाडौं । जापानमा गएको शक्तिशाली भूकम्पमा परी अहिले सम्म १३ जनाको मृत्यु भएको छ । आँधीको जोखिम भने टरेको छ । इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

जापानको मौसम विज्ञान एजेन्सीले शक्तिशाली सामुद्रिक आँधीको चेतावनी जारी गरेको थियो । इशिकावाको तटीय क्षेत्रमा ५ मिटर अग्लो सामुद्रिक लहर आउन सक्ने चेतावनी जारी गरेपछि आसपासका हजारौँ मानिसलाई अन्यत्र सारिएको थियो ।

तर, शक्तशाली सुनामी नआएपछि चेतावनी फिर्ता लिइएको छ । यसैबीच भूकम्पपछि भत्किएका घरमा उद्धार र राहतको काम जारी छ । अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अझै केही व्यक्ति हराइरहेको आशंका छ । ७ दशमलब ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन् ।

सम्बन्धित समाचार

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
  • २०८० पुष १७, ११: ३६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
  • २०८० पुष १७, ११: ३६

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...

पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
  • २०८० पुष १७, ११: ३६

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...