
काठमाडौं । माल्दिभ्स सरकारमा रहेका तीन जना मन्त्रीलाई बर्खास्त गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार भारतविरुद्ध नकारात्मक टिप्पणी गरेका कारण माल्दिभ्सका महिला मन्त्री मरियम शिउना, युथ इम्पावरमेन्ट, इन्फोरमेसन एन्ड आर्ट्स मन्त्री महजुम माजिद र उपराज्य मन्त्री मालसा शरीफलाई बर्खास्त गरिएको हो ।
तीनै जना मन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर नकारात्मक टिप्पणी गरेपछि माल्दिभ्स सरकारले उनीहरूलाई पदबाट बर्खास्त गरेको हो । माल्दिभ्सका पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीनै जना मन्त्रीलाई कारबाही गर्नुपर्ने बताएका थिए भने विपक्षी दलले पनि मन्त्रीहरूको राजीनामा माग गरेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...