काठमाडौं । अमेरिकाले भिसा शुल्क बढाउने निर्णय गरेको छ । अमेरिकी सरकारले एच १ बी, एल १ र इबी ५ जस्ता गैर आप्रवासी भिसाहरूको शुल्क बढाएको छ।
भिसामा बढाइएको शुल्क अप्रिल १, २०२४ देखि लागू हुनेछ । एच १ बी भिसाका लागि आवेदन शुल्क ४६० डलरबाट बढाएर ७८० डलर गरिएको छ। साथै, एच १ बी भिसाको लागि दर्ता शुल्क अर्को वर्ष दस डलरबाट बढेर २१५ डलर हुनेछ । एल १ भिसा शुल्क ४६० डलरबाट बढेर १,३८५ डलर पुगेको छ ।
इबी ५ भिसा शुल्क ३,६७५ डलरबाट बढेर ११,१६० डलर पुगेको छ । यो कार्यक्रम अमेरिकी सरकारले सन् १९९० मा सुरु गरेको थियो । यसअन्तर्गत कम्तीमा पाँच लाख अमेरिकी डलर लगानी गर्ने विदेशी लगानीकर्तालाई अमेरिकामा स्थायी बसोबास गर्ने र कम्तीमा १० जना अमेरिकीलाई रोजगारी उपलब्ध गराउन सहयोग गर्ने व्यवस्था छ ।
तर यो लगानी अमेरिकी सरकारको आधिकारिक एजेन्सीहरूबाट हुनुपर्छ । एच १ बी भिसा एक गैर आप्रवासी भिसा हो । एच(१ बी भिसा सामान्यतया काम गर्न अमेरिका जाने मानिसहरूलाई दिइन्छ ।
अमेरिकामा अमेरिकी कम्पनीहरूमा काम गर्न जाने दक्ष कर्मचारीहरूलाई काममा लगाउन यो भिसा दिइन्छ। त्यसपछि उनीहरूलाई ग्रीन कार्ड दिइन्छ। यो भिसाको वैधता ६ वर्ष छ ।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...
काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...