पाकिस्तानमा आम निर्वाचन, विष्फोटमा २८ जनाको मृत्यु – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

पाकिस्तानमा आम निर्वाचन, विष्फोटमा २८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा दुईवटा बम विष्फोट गराइएको छ ।

विष्फोटमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । निर्वाचन विथोल्ने उद्देश्यले गराइएका दुबै विष्फोटको जिम्मेवारी विद्रोही समूह ईस्लामिक स्टेटले लिएको छ ।

विष्फोट उम्मेद्वारको कार्यालय नजिकै गराइएको अधिकारीहरुले बताएका छन् । पहिलो विष्फोट क्युता शहरको उत्तरतर्फ गराइएको थियो । जसमा १६ जना मारिएका छन् ।

यसैगरी १२ जनाको ज्यान जाने गरी भएको दोस्रो विष्फोट पूर्वतर्फको क्वीला सेफुल्लामा भएको हो । मतदान हिंसा र धाँधलीको दाबीले प्रभावित भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।

भ्रष्टाचारको आरोपमा जेलमा रहेका खानले आफू माथि राजनीतिक प्रतिशोध लिइएको बताएको छ । पूर्व प्रधानमन्त्री नवाज सरिफ चुनावी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित समाचार

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८० माघ २५, ०८: २६

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
  • २०८० माघ २५, ०८: २६

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०८० माघ २५, ०८: २६

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...