

नयाँ विकल्प,
काठमाडौं । मुलुकको राजधानी काठमाडौंसहित उपत्यकाका ललितपुर र भक्तपुरमा आइतबारदेखि दुई सातासम्मको लागि अत्यावश्यकवाहेकका कार्यालयह? बन्द हुने भएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीह?को शुक्रबार बसेको जिल्ला समन्वय समितिको बैठकले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो तीनै जना प्रजिअह?को बसेको बैठकले कोरोना नियन्त्रणका लागि यस्तो निर्णय गरेको बताएका छन् ।
बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।
उपत्यकामा कोरोनाका संक्रमितको सख्या बढेसँगै सरकारले विहीबारदेखि नै सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ । विहीबारदेखि नै उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाइ सकिएको छ ।
पछिल्लो समय काठमाडौंको टेकु, महाबैद्ध र असनमा कोरोना संक्रमितको सख्या बढेसँगै सरकराले त्यो क्षेत्रमा शुक्रबारदेखि नै अवात जावत बन्द गर्दै सो क्षेत्र सिल गरिसकेको छ ।
अत्यावश्यक सेवा अन्तरगतका सरकारी अस्पताल, बैंक, दूरसंचार कार्यालयमा भौतिक दूरी कामय नगर्ने र मास्कको प्रयोग नगर्ने प्रबृत्ति बढ्दो छ । महाराजगंजस्थित शिक्षण अस्पतालमा सावधानी नअपनाउँदा कुनै पनि समय संक्रमणा फैलन सक्ने देखिन्छ ।
अस्पताल र बैंकमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीलाई भौतिक दूरी कायम गर्न नलगाउने र मास्कको समेत प्रयोग नगर्ने चलन बढ्दै गएको छ । टिचिङ अस्पतालमा कार्यरत धेरै जसो सुरक्षा गार्डले मास्कको समेत प्रयोग गर्दैनन् ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...